एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब एथ्लेटिको मड्रिडका उरुग्वेली स्ट्राइकर लुइस स्वारेजले पूर्वक्लब बार्सिलोनाले आफ्नो महत्त्व नबुझेको प्रतिक्रिया दिदै भावुक भएका छन् । करिब ६ वर्ष क्याप नोउमा बिताएका उनले एथ्लेटिकोलाई उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरे । यसै सिजन २०२०/२१ मा क्याप नोउ छोडे एथ्लेटिको आएका स्वारेजले पहिलो सिजनमै एथ्लेटिकोलाई ला लिगाको उपाधि जिताउन सफल भएका हुन् । उक्त उपाधि जिते पछि पत्रकारसँग प्रतिक्रिया दिनेक्रममा त्यस्तो बताएका हुन् ।
शनिबार राति एथ्लेटिको मड्रिडले रियल भाल्लाडोलिडमाथि २–१ गोलको जित निकाल्दै ७ वर्षपछि ला लिगाको उपाधि जितेको हो । उसले साविको विजेता रियल मड्रिडलाई २ अङ्कले पछि पार्दै उपाधि जितेको हो । यसअघि सन् २०१४ पछि एथ्लेटिकोले पहिलो पटक ला लिगाको उपाधि जितेको थियो । 
गए राति एथ्लेटिकोले भालाडोलिडमाथि पुनरागमन जित निकालेको हो । घरेलु टोली भाल्लाडोलिडको मैदानमा एथ्लेटिकोलाई जिताउन एन्जल कोरेया र स्वारेजले १/१ गोल गरेका थिए ।
स्वारेजले भने ‘यो एकदमै कठिन थियो’, उनले खेलपछि आँसु झार्दै मुभिस्टारसँग भने, ‘अघिल्लो पटक मैले भोगेको परिस्थिति कठिन थियो । बार्सिलोनाले मेरो महत्त्व बुझेन तर एथ्लेटिकोले मेरा लागि ढोका खुल्ला गरिदियो ।’‘मसँग मेरी पत्नि र मेरा सन्तान पनि प्रभावित बने । दिन प्रतिदिन उनीहरूले मेरो फुटबल करिअरका कारण बढी नोक्सान बेहोरे । तथापि, यो सिजन हाम्रो लागि महान् साबित भयो । धेरै कठिनाइका बाबजुत पनि । हामी सबैभन्दा अगाडि रह्यौँ र च्याम्पियन बन्यौँ,’ । 