एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति यस सिजनको अन्तिम खेलहरु हुदैछ ।
जसमा कूल २० टोलीले आ-आफ्नो खेलमा प्रतिस्पर्धा गर्नेछन् । कूल १० खेल हुनेछ नेपाली समयअनुसार आज राति हुने २० टोली बीचको खेल ८:४५ बजेबाट हुनेछ ।
यसअघि नै लिग च्याम्पियन म्यानचेस्टर सिटीले सिजनको अन्तिम खेलमा एभर्टनसँग खेल्नेछ ।
उक्त खेल सिटीको घरेलु मैदानमा हुनेछ । शीर्ष स्थानको सिटीले यस सिजन ३७ खेलबाट ८३ अंक रहेको छ । एभर्टन ५९ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
यता दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडले वुल्भ्ससँग उसैको मैदानमा खेल्नेछ युनाईटेडले यस सिजन ३७ खेलबाट ७१ अंक रहेको छ । वुल्भ्स ४५ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
यता चेल्सीले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दा लिभरपुलले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
आज हुने सम्पूर्ण खेलहरु नेपाली समयअनुसार राती ८:४५ बजे
१. म्यान्चेस्टर सिटी भर्सेस एभर्टन
२. लिभरपुल भर्सेस किस्टल प्यालेस
३. लेष्टर सिटी भर्सेस टोटेनहम
४. लिड्स युनाइटेड भर्सेस वेस्ट ब्रोम
५. फुलहम भर्सेस न्युकसल युनाइटेड
६. एस्टन भिल्ला भर्सेस चेल्सी
७. आर्सनल भर्सेस ब्राइटन
८. वुल्भ्स भर्सेस म्यान्चेस्टर युनाइटेड
९. वेस्ट हम भर्सेस साउथह्यामटन
१०. शेल्फिड युनाइटेड भर्सेस बर्नली