जेठ १०, २०७८ सोमबार

एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी तीन वर्षयता पहिलो पटक उपाधि जित्न असफल बनेको छ । सन् २०१७/१८ को सिजन यता लगातार लिग वानको उपाधि जित्दै आएको पिएसजी यसटपटक भने लिलेसँग पछि परेको हो ।

लिले पिएसजीलाई १ अंकले पछि पादै उपाधि जितेको हो । यस सिजन लिलेले ८३ अङ्कका साथ उपाधि जित्दा ८२ अङ्क बनाएको पिएसजी दोस्रो स्थानमा सीमित रह्यो । यससँगै लिले १० वर्षपछि लिग वानको उपाधि जित्यो । उसले सन् २०१०/११ को सिजन उपाधि जितेको थियो ।  Neymar Misses Penalty Against Brest

उपाधि जित्ने अभियानमा रहेको पिएसजीले सोमबार बिहान सम्पन्र खेलमा ब्रेस्टमाथि २–० गोलको सहज जित निकालेको थियो । तर लिलेले पनि आफ्नो अन्तिम खेलमा जित निकाल्दा पिएसजी लिग जित्न असफल बनेको हो ।  Ligue 1 Title: Lille Wins Title After 10 Years, Ends PSG Dominance

पाहुना टोली पिएसजीको जितमा किलियन एम्बाप्पेले एक गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । पिएसजीले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ३७औं मिनेटमा ब्रेस्टका रोमेन फाइभ्रेले आत्मघाती गोल गरेका थिए । ७१औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई २–० गोलले जिताए । तर उक्त जित यो सिजनको लिग च्याम्पियन बन्न भने प्रयाप्त भएन ।