एजेन्सी । आधुनिक फुटबलका महान हस्ती एवम् इटालियन सिरी `ए´ फुटबल क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् ।
गएराती सम्पन्न यस सिजनको अन्तिम खेलमा युभेन्टसले सहज जित निकाल्यो । उक्त समय रोनाल्डो मैदान बाहिर रहेका थिए । उक्त खेलमा युभेन्टसल बोलोग्रानमाथि ४-१ गोलको सानदार जित निकाल्दै यूईएफए च्याम्पियन लिग को लागि छनोट भयो । रोनाल्डो सम्मीलित युभेन्टस उक्त जितसँगै च्याम्पियन लिग खेल्ने भएको छ ।
यस सँगै रोनाल्डोको अर्को कीर्तिमान बनेको छन् । रोनाल्डोले यो सिजन सिरी `ए´ फुटबलमा सर्वाधिक २९ गोल गरेका छन । र उनी त्यो सँगै गोल्डेन बुट अवार्ड पाएका छन ।उक्त गोल्डेन बुट अवार्ड सँगै रोनाल्डोले युरोपका ३ फरक लिग बाट गोल्डेन बुट आवर्ड पाउने अथवा एक सिजनमा सर्वाधिक गोल गर्ने लिग खेलाडी बनेका छन् । यो अवार्ड रोनाल्डो बाहेक अन्य कुनै पनि खेलाडीले ३ छुट्टाछुट्टै लिग बाट गोल्डेन बुट पाउन सकेको छैन।
जसमा रोनाल्डो इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर युनाइटेड , स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिड र हाल युभेन्टसबाट उक्त अवार्ड जितेका हुन् । रोनाल्डोले यो सिजन इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुलाई पछि पार्दै गोल्डेन बुट अवार्ड जितेका हुन् । रोनाल्डोले यस सिजन ३३ खेलमा २९ गोल गरे । लिग च्याम्पियन इन्टरका लुकाकुले ३६ खेलमा २४ गोल गरे ।
यधपी युभेन्टसले यश पटक लिग जित्न असफल बने । युभेन्टस यस सिजन चौथो स्थानमा सीमित बन्यो ।