जेठ १०, २०७८ सोमबार

एजेन्सी । ला लिगा फुटबल क्लब रियल मड्रिडका कप्तान तथा स्पेनिस राष्ट्रिय फुटबल टोलीका नियमित कप्तान सर्जियो रामोस  युरोपेली च्याम्पियनसिप २०२० का लागि २४ सदस्यीय अन्तिम टोलीमा नियमित सदस्य रामोस अटाउन सकेनन् ।

मुख्य प्रशिक्षक लुइस एन्रिकेले आज घोषणा गरेको टोलीमा रामोससहित रियल मड्रिडका कुनै पनि खेलाडी समेटिएको छैन । स्पेनका लागि १ सय ८० खेल खेलिसकेका डिफेन्डर रामोसलाई टोलीमा समेटेनन् ।

स्पेनले समूह ‘ई’ मा रहेको छ जसमा स्लोभाकिया, स्विडेन र पोल्याण्ड रहेका छन् । त्यस्तै टोलीमा युभेन्टसका फरवार्ड अल्भारो मोराटा फर्किएका छन् । यता बार्सिलोनाका मिडफिल्ड पेड्रीले स्थान बनाउन सफल रहे । बार्सिलोनाकै सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि टोलीमा रहेका छन् । 

स्पेनको टोली

गोलरक्षक - उनाइ सिमोन, डे हेया, रोबर्ट स्यान्चेज

डिफेन्डर - जोसे गाया, जोर्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्ट, एरिक गार्सिया, डिएगो लोरेन्टे, सेजार एज्पिलिक्वेटा

मिडफिल्डर - मार्कोस लोरेन्टे, सर्जियो बुस्केट्स, रोड्री, पेड्री, थियागो, कोके, फाबियन रुइज

फरवार्ड - अल्भारो मोराटा, ड्यानी ओल्मो, मिकेल ओयाराज्बाल, पाब्लो सराबिया, जेरार्ड मोरेनो, फेरान टोरेस, एडमा ट्राओरे