जेठ १०, २०७८ सोमबार

कोरोनाको महामारी भारतमा बढेपछि नेपाल भारतको सीमालाई पूर्ण रुपमा सिल गरेर प्रदेश नंं २ को तीन नाकाबाट स्वास्थ्य जाँचपछि मात्र नेपाली नागरिकलाई प्रवेश गर्न दिइएको छ । भारतको विभिन्न राज्यमा कोरोनाका संक्रमण बढेको र संक्रमितहरु नेपाल प्रवेश गर्ने सम्भावनालाई दृष्टिगत गरेर सीमा नाका पूर्ण रुपमा ठप्प पारिइएको छ ।

खास गरेर विवाह, व्रतबन्ध जस्ता सामाजिक संस्कारहरूमा भाग लिनका लागि लुकी छिपी नेपाल प्रवेश गर्न थालेपछि कोरोना बढेको भन्दै सीमा नाकामा थप कडाइ गरिइएको हो । प्रदेश नंं २ को ४ सय ६४ किलोमिटर खुल्ला सिमाना रहेको छ । सिमानामा सशस्त्र प्रहरीले कडाइ गरेको छ ।

सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनका लागि सशस्त्र प्रहरीले ८ वटा गण, ७२ वटा वि ओ पी र ३२ अस्थायी सुरक्षा पोस्ट खडा गरेर सुरक्षा व्यवस्था कडा बनाउने काम भएको सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिनु भएको छ ।

अहिले सशस्त्र प्रहरीलाई २४औँ घण्टा सिमानामा निगरानीका गरिरहेको छ ।