एजेन्सी । पेरिस सेन्ट जर्मेन पिएसजीका स्ट्राइकर किलियन एमबाप्पेले लगातार तेस्रो पटक फ्रेन्च लिग वान फुटबलको गोल्डेन बुट अवार्ड जितेका छन् ।
यो सिजन पिएसजीले लिगको उपाधि जित्न असफल भए पनि उनले सर्वाधिक २७ गोल गरेका हुन् । उनले कूल ३१ खेलमा २७ गोल गदै ७ असिस्ट गरेका थिए । त्यस्तै लिग वानको उपाधि लिलेले उचालेको छ ।
एमबाप्ले यसअघि सन् २०१९, २०२० मा लिग वान फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका थिए । यस सिजन भने एम्बाप्पेले लियोनका मेम्फिस डिपेलाई उछिन्दै गोल्डेन बुट अवार्ड जितेका हुन् ।