जेठ ११, २०७८ मंगलबार

यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने साबिक बिजेता ट्रिन्बागो नाईट राईडर्समा अनुबन्धित भएका छन् ।केही दिन अघि मात्र गत संस्करण आबद्ध टोली जमैका तालाबाज टोलीबाट रिलिज भएका सन्दिपको यस संस्करणको यात्रा सिपिएल ईतिहासकै सफल टोली टिकेआरसॅंग रहने छ ।कायरन पोलार्ड नेतृत्वको टोली टिकेआरमा सुनिल नारेन अलि खान डारेन ब्राबो लगायतका चर्चित खेलाडीहरु आबद्ध छन्। 

 यस अघि तीन संस्करण सीपीएल खेलिसकेका सन्दिप गत संस्करण जमैका तलावाजबाट खेलेकामा त्यसअघि सन् सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।

यो पटकको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ । सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर कम रहेकोछ ।