यस संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने साबिक बिजेता ट्रिन्बागो नाईट राईडर्समा अनुबन्धित भएका छन् ।
केही दिन अघि मात्र गत संस्करण आबद्ध टोली जमैका तालाबाज टोलीबाट रिलिज भएका सन्दिपको यस संस्करणको यात्रा सिपिएल ईतिहासकै सफल टोली टिकेआरसॅंग रहने छ ।
कायरन पोलार्ड नेतृत्वको टोली टिकेआरले गत संस्करण आफुले खेलेको १२ वटै खेलमा शतप्रतिशत जितको नतिजाका साथ ट्रफि उचालेको थियो ।
यस संस्करणको सिपिएलमा टिकेआरमा अनुबन्ध भएपश्चात सन्दिपले सामाजिक संन्जाल मार्फत यस्तो प्रतिक्रिया दिएका छन् :
“नाइट राइडर्स परिवारसंग आवद्ध हुन पाउदा निकै खुसि छु र च्याम्पियन टिम ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्न उत्साहित छु। यो पक्कै गजबको यात्रा हुनेछ। म गत वर्ष अवसर दिएकोमा जमैका तलावाज टिम प्रति आभार व्यक्त गर्न चाहन्छु।”
यस अघि तीन संस्करण सीपीएल खेलिसकेका सन्दिप गत संस्करण जमैका तलावाजबाट खेलेकामा त्यसअघि सन् सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए ।
ट्रिनबागो नाईटराईडर्सको टिम ड्राफ्ट अघि यस्तो रहेको छ : काइरन पोलार्ड, सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, लेन्डल सिमोन्स, सिकन्दर राजा, केरी पियरे, एण्डरसन फिलिप, दिनेश रामदीन, टायन वेब्स्टर, अकेल होसेन जेडन सिल्स, अलि खान र सन्दिप लामिछाने
यो पटकको सीपीएल २८ अगस्टदेखि सुरू हुनेछ । सीपीएल २०२१ को संस्करणको आयोजना सेन्ट किट्स नेभिसले गर्नेछ । सेन्ट किट्समा कोरोना संक्रमण दर कम रहेकोछ ।