एजेन्सी । जर्मन बुन्डेसलिग च्याम्पियन फुटबल क्लब बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिक जर्मनीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनले २०२४ सम्मको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
यसै सिजन बायर्न छोडेका फ्लिकलाई जर्मनीले मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । अब, फ्लिकले युरोकप २०२० पछि जर्मनीको टोली सम्हाल्नेछन् ।
बायर्नलाई २०१९/२० को सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल फ्लिकले यसै सिजनबाट बायर्न बसाइ अन्त्य गरेका हुन् । उनी गएपछि बायर्नले जुलियन नेगेल्सम्यानलाई मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको थियो ।