एजेन्सी :
इंग्लिस क्लब टोटनह्याम हटस्परले युइएफए युरोपा लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।
बुधबार राति भएको अन्तिम ३२ को दोस्रो लेगको खेलमा वोल्फसबर्गमाथि ४–० गोलको जित निकाल्दै टोटनह्यामले समग्रमा ८–१ को नतिजासहित अघिल्लो चरणमा स्थान बनाएको हो । घरेलु मैदानमा टोटनह्यामलाई जिताउन कार्लोस भिनिसियसले दुई गोल गरे भने डेले अली र ग्यारेथ बेलले समान एक–एक गोल गरे ।
खेलको दसौँ मिनेटमा अलीले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । ५०औँ मिनेटमा भिनिसियसले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर बनाए । ७३औँ मिनेटमा बेलले गोल गर्दै टोटनह्यामलाई ३–० गोलको अग्रता बनाए ।
८३औँ मिनेटमा भिनिसियले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ४–० गोलको जित दिलाए ।यसअघि टोटनह्यामले पहिलो लेगमा ४–१ गोलको जित निकालेको थियो ।