फागुन १३, २०७७ बिहिबार

 

एजेन्सी ।
 युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मोन्चेनग्लानडबाचलाई हराएको छ ।बुधबार हङ्गेरीस्थित पुस्कास एरिनामा भएको अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले मोन्चेनग्लाडबाचलाई २–० गोलले हराएको हो । सिटीको जितमा बर्नान्डो सिल्भा र ग्राबियल जेससले समान एक–एक गोल गरे ।

खेलको २९औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ६५औँ मिनेटमा जेससले गोल गरेपछि सिटी २–० गोलले विजयी भयो ।
उक्त जितसँगै सिटीले पहिलो लेगमा अग्रता बनाएको छ । उसले क्वार्टरफाइनल यात्रा सहज बनाएको छ । अब दोस्रो लेगको खेल १६ मार्चमा सिटीको मैदानमा हुनेछ ।