बैशाख १२, २०८० मंगलबार

काठमाडौँ, १२ वैशाख: काठमाडौँ महानगरपालिकालेकाठमाडौँको पुरानो बसपार्कमा रहेको नेपाल प्रहरीको बिट भत्काएको छ । आज महानगरपालिकाले काठमाडौँको भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त  बिट हटाएको जनाएको हो । 

पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै  महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिनुभयो ।