एजेन्सी ।
घरेलु टिम न्युजिल्याण्डले दोस्रो टी ट्वान्टी क्रिकेटमा पनि अष्ट्रेलियालाई पराजित गरेको छ ।डुनेडीनमा बुधबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ४ रनले हराएको हो । गत सोमबार भएको पहिलो टि ट्वान्टि पनि ५३ रनले गुमाएको पाहुना टोलीका लागि यो लगातार दास्रो हार हो ।
टस हारेर पहिला ब्याटिङ गरेको न्युजिल्याण्डले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर २ सय १५ रन मात्र बनाउन सक्यो अष्ट्रेलियाका मार्कुस स्टोनिसले ७८ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् ।यस्तै जोस फिलिपले ४५ रन जोड्दा डानिल सामले ४१ र म्याथ्यु वेडले २४ रन बनाए।न्युजिल्याण्डका लागि मिचेल स्यान्टेनरले ४ विकेट लिएभने जिम्मी निशमले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।
न्युजिल्याण्डका लागि मार्टिन गुप्टिलले ९७ रनको अर्धशतकीय इनिङ्स खेले ।यस्तै कप्तान केन विलियम्सनले ५३ रनको अर्धशतकीय पारी खेले ।जिम्मी निशमले अविजित ४५ रन बनाए ।केन रिचार्डसनले ३ विकेट लिए ।
जितसँगै पाँच खेलको शृखंला न्युजिल्याण्डले २,० को अग्रता बनाएको छ ।भने शृखंला घरमा नै राख्न उ एक जित टाढा रहेको छ । आगामी खेल भने आगमी बुधबार मात्र रहेको छ ।