एजेन्सी । युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिगको उपाधि भिडन्त आज हुदैछ । युरोपा लिगको फाइनलमा यो पटक इंग्लिस प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड र स्पेनिस ला लिगा फुटबल क्लब भिल्लारियल प्रतिस्पर्धा गर्नेछन् ।
पोल्याण्डमा हुने फाइनल खेल नेपाली समयअनुसार आज राती १२ः४५ बजे सुरु हुनेछ । आजको खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै उपापधि जित्ने दाउमा रहेका छन् । 
युरोपा लिगमा लिभरपुलले सर्बाधिक १४ पटक फाइनल खेलिसकेको छ । लिभरपुलपछि युनाईटेड नै सर्बाधिक धेरैपटक युरोपा लिगको फाइनल खेल्ने टोली हो । ७ पटक फाइनल खेल्दा युनाइेटले ५ पटक उपाधि जितेको छ । दुई पटक भने ऊ स्पेनिस क्लब बार्सिलोनासँग पराजित भएको थियो । भिल्लारियल भने क्लब इतिहासको पहिलो पटक युरोपियन प्रतियोगिताको फाइनलमा पुगेको हो ।
