जेठ १२, २०७८ बिहिबार

एजेन्सी । युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए युरोपा लिगको उपाधि स्पेनिस क्लब भिल्लारियलले जितेको छ ।

बिहीबार बिहान सम्पन्न फाइनल खेलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा ११-१० को गोल अन्तरले पराजित गर्दै पहिलो पटक च्याम्पियन बनेको हो ।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेलमा पेनाल्टी सुटआउटमा गएको थियो । जसमा युनाइटेड गोलरक्षक रुल्लीले डे हेया चुक्दा भिल्लारियलले क्लब इतिहासकै पहिलो उपाधि जितेको हो ।

पेनाल्टी सुटआउटमा भिल्लारियलका लागि जेरार्ड मोरेनो, ड्यानी राबा, पाको अल्कासेर, अल्बर्टो मोरेनो, ड्यानी परेहो,  मोइ गोमेज, राउलो आल्बिओल, कोकेलाइन, मारियो गास्पार, पाउ टोरेस , त्यस्तै एघारौं पेनाल्टी प्रहारमा भिल्लारियलका गोलरक्षक रुल्लीले गोल गरे भिल्लारियल उपाधि जित्न सफल भएको थियो । 

यता युनाइटेडका लागि जुआन माटा, एलेक्स टेलेस, ब्रुनो फर्नान्डेस, मार्कस रासफर्ड, एडिन्सन काभानी, ड्यानिएल जेम्स, लुक शाक, एक्सेल तुआनजेबे, भिक्टर लिन्डलफ, गोल गरे तर म्यानचेस्टर युनाइटेडका डेविड डे हेयाको प्रहार रुल्लीले बचाए ।

त्यसअघि खेलको २९ औं मिनेटमा भिल्लारियलले जेरार्ड मोरेनोको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १-० गोलले पछि परेको युनाइटेडले दोस्रो हाफको ५५ औं मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि एडिन्सन काभानीले  गोलमा गरेका थिए । तर उक्त गोल उपाधि दिलाउन प्रयाप्त भएन ।