एजेन्सी । इटालियन क्लब इन्टर मिलानका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले क्लब छोडेका छन् । करिब ११ वर्षपछि इन्टरलाई सिरी ‘ए’ च्याम्पियन बनाएका कोन्टेले प्रशिक्षकको जिम्मेवारी छोडेका छन् ।
कोन्टेले लगातार सिरी `ए´ मा राज गरेको युभेन्टसको एकाधिकार तोड्दै यस सिजन सन् २०२०/२१ को सिरी ‘ए’ उपाधि जितेको थियो । प्रशिक्षण सम्हालेको दोस्रो वर्षमा नै उनलाई इन्टरलाई सफलता दिलाएका थिए ।
तर अर्को सिजनका लागि कोन्टे र इन्टरबीचको सहमति नमिलेपछि उनी बिदा हुने भएका हुन् । पछिल्लो समय उनी स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा छ । मुख्य प्रशिक्षक जिनेदिन जिदानले रियल छोड्ने चर्चा भइरहेको छ । जसको कारण उनको गन्तव्य रियल मड्रिड हुने अनुमान गरिएको छ ।