फागुन १३, २०७७ बिहिबार


काठमान्डौ। 
माछा मार्ने क्रममा करेन्ट लगाएर खोटाङका एक व्यक्तिको मृत्यु भएको छ ।खोटाङको साकेला गाँउपालिका(४ मात्तिमका ३७ वर्षीय निरकुमार चाम्लिङ राईको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

रावाबेसी गाँउपालिका १ मा पर्ने रावा खोलामा माछा मार्ने क्रममा बुधवार दिउँसो साढे १ बजे तिर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।