काठमाण्डौ। नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने भाईटिलिटि टिट्वान्टी ब्लास्ट तथा दि हन्ड्रेड प्रतियोगितामा सहभागी हुन इंग्ल्याण्ड जाने नजाने भिषा तथा अन्य कारणले निश्चित भईनसके पनि त्यहा रहेर सन्दिपको टिम वेरचेस्टरसायरले खेल्ने खेलहरुका बारेमा रहेको आम जिज्ञासा मेट्न हामी सम्पुर्ण विवरणका साथ उपस्थित भएका छौ।

साउथ र नर्थ समुहमा प्रतियोगितामा समाबेश १८ टिमको विभाजन गरिएकोमा सन्दिप आबद्ध वेरचेस्टरसायर नर्थ समुहमा रहेको छ९ जुन अर्थात जेठ २६ गतेबाट सुरु हुने प्रतियोगितामा सन्दिप आबद्ध टोलीको पहिलो दिन नै गत संस्करणको च्याम्पियन टोली नटिघंमसायरसॅंग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ।
टिमवेरचेस्टरसायर खेल र नेपाली समयानुसारको समय यसप्रकार रहेका छन्:
१)नटिघंमसायर विरुद्ध जेठ २६ गते बेलुका १०:१५ बजे
२)नर्थएमपिटनसायर विरुद्ध जेठ २८ गते बेलुका ११:१५ बजे
३)ल्यान्कासायर विरुद्ध जेठ ३० गते साझ ७:१५ बजे
४)योर्कसायर विरुद्ध असार २ गते बेलुका ११:१५ बजे
५)नर्थएमपिटनसायर विरुद्ध असार ४ गते बेलुका १०:१५ बजे
६)नटिघंमसायर विरुद्ध असार ८ गते बेलुका ११:१५ बजे
७)योर्कसायर विरुद्ध असार ९ गते बेलुका ११:१५ बजे
८)डुरह्याम विरुद्ध असार ११ गते बेलुका १०:१५ बजे
९)लिचेस्टकसायर विरुद्ध असार १३ गते साझ ७:१५ बजे
१०)ल्यान्कासायर विरुद्ध असार १७ गते बेलुका ११:१५ बजे
११)ड्रिबेसायर विरुद्ध असार १८ गते बेलुका ११:१५ बजे
१२)वारउइकसायर विरुद्ध असार २५ गते बेलुका १०:१५ बजे
१३)लिचेस्टरसायर विरुद्ध ०३ साउन साझ ७:१५ बजे
साउन ३ मा लिग चरणको खेल सकिनेछ भने प्लेअफका खेलहरु भदौ ९ बाट सुरु भई असोज २ मा प्रतियोगिताको फाईनल खेल सम्पन्न भएपश्चात यस संस्करणको भाईटलिटि टिट्वान्टी ब्लास्ट सम्पन्न हुनेछ।