नेपाली अन्डर १६,अन्डर १९ टोलीका पुर्व कप्तान समेत रहेका गोलरक्षक अर्पण कार्कीलाई मातृशोक परेको छ। कार्कीकी माता सरस्वती कार्कीको बिहीबार बिहाना निधन भएको हो ।
महेन्द्रनगर निवाशी अर्पणको माताको स्थानीय अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी कार्कीको बिहीबार बिहान निधन भएको हो ।
“मेरो लागि किन पर्खिनु भएन,” सामाजिक संञ्जाल फेसबुकमा अर्पणले लेखेका छन् ।