एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लब छाडेको घोषणा गरेको छ । बिहीबार रियलले विज्ञप्ति जारी गर्दै फ्रान्सेली कोच जिदानले सान्टियागो बर्नाबेउ छोडेको पुष्टि गरेको छ ।
सन २०१६ मा पहिलो पटक रियाल मड्रिडको प्रशिक्षक बनेका जिदानले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जिताएका थिए । उनकै नेतृत्वमा रियलले गत सिजन दोस्रो पटक ला लिगाको उपाधि जितेको थियो । त्यस्तै उनी रियल मड्रिडका सफल प्रशिक्षक मध्यमा पर्छन् । 
त्यसअघि एकाएक राजीनामा दिएका जिदान २०१९ मा पुन: प्रशिक्षकको रूपमा रियाल फर्किएका थिए । उनले सिजनको समाप्तिसँगै क्लब छाड्ने निर्णय गरेपछि क्लबले उनलाई रिलिज गरेको हो । जिदानले रियल छोडेको यो दोस्रो पटक हो ।
रियालले उनको निर्णयको सम्मान गर्दै क्लबका लागि उनको योगदानको सदैव सम्मान गर्ने बताएको छ । 
त्यस्तै उनले रियललाई ३ च्याम्पियन्स लिग २ ला लिगा , २ पटक युएइएफए सुपर कप, २ पटक क्लब विश्वकप र २ पटक स्पेनिस सुपर कप जिताएका छन् । 