जेठ १३, २०७८ बिहिबार

प्रशासनले किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ ।

नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो ।प्रशासनले त्यसका लागि कम्पनीको फोन नम्बर पनि सार्वजनिक गरेको छ ।

नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको भनिएको छ । उनका अनुसार दुई कम्पनीमा चामल, दाल, नेल, नूनलगायत सामग्रीको पर्याप्त मौज्दात छ । कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ ।