क्रिकेट जगतमा आफ्नो बिस्फोटक छवी स्थापित गराउन सफल वेस्टईन्डिजका क्रिकेटर क्रिस गेल क्यारेवियन प्रिमियर लिग(सिपिएल)को यस संस्करणमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रिएट्समा अनुबन्धित भएका छन्।
गत संस्करणको सिपिएलमा सहभागी नभएका गेल त्यस अगाडीको संस्करणमा भने जमैका तालाबाजमा रहेकामा २०१८ को संस्करणमा भने यसै टोलीमा आबद्ध थिए।
यस संस्करणको सिपिएल आगामी अगस्ट २८ बाट सुरु हुदै छ।