जेठ १३, २०७८ बिहिबार

एजेन्सी । इटालियन क्लब युभेन्टसले पुन आफ्नो टोलीका पूर्व प्रशिक्षक मासिमिलानो एलिग्रलाई फेरी मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको भएको छ । युभेन्टसले हाल टोलिका प्रशिक्षक आन्द्रे पिर्लोलाई बर्खास्त गरेर एलिग्रीलाई फेरी क्लबमा ल्याउको हो ।युभेन्टसका पूर्व खेलाडी आन्द्रे पिर्लोलाई गत समरमा सिनियर टिमको जिम्मा दिइएको थियो।

स्पेनीस क्लब रियल मड्रिडको प्रशिक्षक हुने चर्चा चलिरहेका बेला उनलाई युभेन्टसले प्रशिक्षक बनाएको हो । 

एलिग्रीले युभेन्टसमा सन् २०१४ देखि २०१९ सम्म रहदा ५ वटा सिरी ए लिगको उपाधि जितेका थिए । अब उनलाई युभेन्टसले नयाँ जिम्मा दिने तयारी गरेको छ । यता जिनेदिन जिदानले क्लवबाट राजिनामा दिएपछि उनको स्थानमा रियलले पनि एलिग्रीलाई नै ल्याउने योजना बनाएर उनीसँग कुरा पनि गरेको थियो ।

एलिग्रीलाई युभेन्टसले तीन बर्षको सम्झौता पक्का र चौथो बर्ष बढाउने गरेर प्रस्ताव गरेको बताइएको छ । जसमा उनको तलव बर्षको सात मिलियन देखि ७.७ मिलियन हुने बताइएको छ ।