एजेन्सी।
छक्का हान्नु आजको विश्व क्रिकेटमा सामान्य विषय रहेको सन्दर्भमा टि ट्वान्टि अन्तराष्ट्रियमा सर्वाधिक धेरै छक्का प्रहार गर्ने शिर्ष चार खेलाडीको बारेमा तल चर्चा गरिएको छ ः
१)मार्टिन गप्टिल
न्युीजल्याण्डका यि ओपनरले आज मात्र अष्टे«लिया विरुद्ध ९७ रनको महत्वपुर्ण पारी खेलेका छन् । यिनले हाल सम्म टिट्वान्टि अन्तराष्ट्रियमा ९२ पारी खेलेर २७१८ रन बनाउन १३२ छक्का प्रहार गरेका छन् । यो सुचीको शिर्ष स्थानमा समेत रहेका छन् ।
२)रोहीत शर्मा
भारतीय िबस्फोटक ओपनर रोहीतले हाल सम्म टिट्वान्टिमा २७७३ रन बनाउन १०० पारी खेलेका छन् । उनले हाल सम्म २१ अर्ध शतक प्रहार गर्दा १२७ छक्का हिर्काएका छन् ।यस सुचीमा शर्मा दोस्रो स्थानमा रहेका छन् ।
३)इयोन मोगर्न
इंग्ल्याडका हालका कप्तान रहेका मोगर्नले टिट्वान्टि अन्तराष्ट्रियमा ९४ ईनिङ्समा २२७८ रन बनाउन ११३ छक्का हानेका छन् ।
४) कोलिन मुन्रो
न्युजील्याड टिमका ओपनर मन्रोले ६२ टिट्वान्टी अन्तराष्ट्रीय खेल्दै १०७ छक्का प्रहार गरि १७२४ रन बनाएका छन् ।