यस संस्करणको क्यारेवियन प्रिमियर लिग(सिपिएल)को खेलाडी छनोटका लागि हुने खेलाडी ड्राफ्ट आज हुदै छ।
आज साझ नेपाली समयानुसार ६:४५ मा हुने ड्राफ्टबाट टिमहरुले आवश्यक खेलाडीको कोटा पुरा गर्ने छन्। यसको प्रत्यक्ष प्रशारण भने सिपिएलको अफिसियल फेसबुक पेजबाट हुने छ।
नेपाली लेग स्पिनर सन्दिप लामिछाने यस अघि नै ट्रिन्बागो नाईटराईडर्समा अनुबन्ध भईसकेकाले नेपालका अन्य खेलाडी ड्राफ्टमा रहेर छानिने हरेक नेपालीको चाहना रहेको छ।
यस संस्करणको सिपिएल आगामी अगस्ट २८ बाट सेन्ट किट्स एण्ड नेभिसमा हुने छ।