जेठ १४, २०७८ शुक्रबार

 काठमाण्डौ ।नेपाल भलिबल संघले फिलिपिन्समा आयोजना हुने एसियन महिला भलिबल च्याम्पियनसिप तथा सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

भलिबल संघले  बन्द प्रशिक्षणको मिति भने नतोके तापनि आज भर्चुअल माध्यमले बस्ने संघको बोर्ड बैठकले प्रशिक्षण मिती तय गर्ने छ। संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट प्रशिक्षणका लागि स्विकृती लिईसकेको छ ।

गत महिना काठमाण्डौमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपका आधारमा ३० खेलाडीलाई प्रशिक्षणमा बोलाउने निर्णय संघले गरेको हो ।

प्रशिक्षणमा बोलाईएकामा सदा झै यस पटक पनि विभागिय टिमको बाहुल्यता रहेको छ। जसमा २२ जना तिन विभागिय टोलि(त्रिभुवन आर्मी क्लब,नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब)का रहेका छन्। भने ७ जना न्यु डायमण्डका र १ जना भरतपुर मेट्रो खेलकुद परिषदका खेलाडी रहेका छन्। 

प्रशिक्षणमा बोलाईएका खेलाडीहरुको नामावली यसप्रकारको रहेको छ:

सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी सरस्वती कट्टेल