दाङमा लकडाउन १० दिनका लागि थप भएको छ ।
गत बैशाख १७ गते देखि हुँदै आएको लकडाउनको समय जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठकले जेठ २५ गते सम्म जारी राख्नेनिर्णय गरेको हो । खाद्यान्न पसल दैनिक बिहान ६ देखि ८ बजे सम्म खुल्न पाउने निर्णय भएको छ । यसअघि हप्ताको २ दिन दैनिक १ घण्टा मात्रै बजार खुल्ने गरेको थियो ।बैंकहरु यसअघिकै बार अनुसार तर १० देखि २ बजे सम्म खुल्नेछन् । दाङामा पछिल्लो समय कोरोना संक्रमित र मृत्युदर घट्दै गएको छ ।
तर हेलचेक्राई बद्नसक्ने भन्दै बैठकले लकडाउनको समय पुनः थप गर्ने निर्णय गरेको हो ।