काठमाडौ । भोलि शनिबार हुने नेपाली फुटबल टोलीले इराकविरुद्धको मैत्रीपूर्ण खेलमा सेतो जर्सी लगाउने भएको छ ।
खेलको पूर्वसन्ध्यामा इराकमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले इतिहासमै पहिलो पटक सेतो जर्सीमा मैदानमा उत्रिने जनाएका छन् ।
यसअघि रातो या निलो जर्सीमा खेल्ने गरेको नेपालले पहिलो पटक सेतो जर्सी लगाउने भएको हो । एन्फाले राष्ट्रिय टिमको जर्सीको सम्झौता काठमाडौं सिटीसँग गरेपछि नयाँ डिजाइनमा जर्सी आएको हो । 
नेपाली समयअनुसार भोलि शनिबार राति १०:१५ बजे नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली टोली जुन ५ मा स्वदेश फर्किने छ । त्यसपछि फिफा विश्वकप छनोट र एसियन कप छनोटका बाँकी तीन खेल्नेछ ।
३ जुनमा नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, ७ जुनमा जोर्डनसँग खेल्नेछ भने ११ जुनमा अस्ट्रेलियाको सामना गर्नेछ । 
नेपाली टिमः
गोलरक्षक – किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर – अनन्त तामाङ, रजिन धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर – एरिक विष्ट, विशाल राई, मनीष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड– अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा