जेठ १५, २०७८ शनिबार

काठमाडौं । सन २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा हुने एसियन कप छनोट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली यति इराक भ्रमणमा रहेका छन् ।

जसमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले इराकको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली समयअनुसार उक्त खेल आज राति १०:१५ बजेबाट
इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुनेछ । उक्त खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्नेछ ।

तुलनात्मक रुपमा नेपाल भन्दा निकै बलियो रहेको इराकलाई उसैको मैदानमा हराउँदै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको नेपाललाई सहज भने पक्कै हुनेछैन ।

विश्व फिफा वरियतामा ६१औं स्थानमा रहेको इराक र १७१औं स्थानमा रहेको नेपालले बलियो टोली इराकको सामना गर्न लागेको हो ।पछिल्लो पटक नेपाल सम्पन्न थ्री नेशन्स कप च्याम्पियन टोली उच्च मनोबलको साथ मैदान उत्रिने छ ।

त्यस्तै नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो अनुभव पनि हुनेछ ।

त्यस्तै नेपालले फिफा विश्वकप छनोट अन्तर्गत आगामी ३ खेल खेल्न बाँकी रहेको । ३ जुनमा नेपालले विश्वकप छनोटअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्नेछ । त्यसैगरी, ७ जुनमा जोर्डनसँग खेल्नेछ भने ११ जुनमा अस्ट्रेलियाको सामना गर्नेछ । उक्त सबै खेल कुवेतमा हुनेछ ।

नेपाली टोली
गोलरक्षक – किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार

डिफेन्डर – अनन्त तामाङ, रजिन धिमाल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास

मिडफिल्डर – एरिक विष्ट, विशाल राई, मनीष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान

फरवार्ड– अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा