एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडले जर्मन क्लब बायर्न म्युनिखका डिफेन्डर डेभिड अल्बालाई अनुबन्धित गरेको छ । रियलले फ्री ट्रान्सफरमा अष्ट्रियाका डिफेन्डर अल्बालाई अनुबन्ध गरेको हो ।
२८ वर्षीय अस्ट्रियाली डिफेन्डरले रियलसँग पाँच वर्षको सम्झौता गरेका छन् । उनी अब सन २०२६ सम्म रियालमा रहने छन् । बिगतमा उनी सन २००८ मा बायर्न आएका थिए । करिब १३ वर्ष लामो बायर्नको बसाइमा उनले ४ सय ३१ खेल खेल्दै ३३ गोल गरेका छन् । जसमा बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग र ६ जर्मन कप जितेका छन् ।