जेठ १५, २०७८ शनिबार

एजेन्सी । २०२० को युरोकप फुटबलको तयारीमा रहेको इटालिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सान मारिनोमाथि ७-० गोलको फराकिलो जित निकालेको छ । 

शनिबार बिहान इटालिको घरेलु मैदानमा सम्पन्र खेलमा घरेलु टोलीको जितमा माट्टियो पोलिटानो र माट्टियो पेस्सिनाले समान २/२ , फेडरिको बर्नार्डिची, जियान मार्को फरारी र एन्ड्रिया बेलोट्टीले समान १-१गोल गरे । पहिलो हाफमा २-० गोलको अग्रता बनाएको इटालिले दोस्रो हाफमा थप ५ गोल गर्न सफल भयो ।   

उसका लागि खेलको ३१औ मिनेटमा फेडेरिको  बर्नार्डिचीले गोल गरी १-० गोलको अग्रता दिलाए । त्यस्तै ३४औ मिनेटमा जियान मार्को फेरारीले गोल गरी पहिलो हाफभरि २-० गोलको अग्रता दिलाए ।
यस्ते दोस्रो हाफमा पोलिटानाले खेलको ४९ र ७७औं मिनटमा गोल गरेका थिए भने पेस्सिनाले ७५ र ८६औं मिनटमा गोल गरे । त्यस्तै दास्रो हाफमा इटालिका लागि एन्ड्रिया बेलोट्टीले ६७औं मिनटमा एक गोल गरे ।

यो जित सँगै इटालिको लगातार ७औ जित हो । इटालिले अब युरोकप अघिको चेक रिपब्लीको सामना गर्न छ । उक्त खेल ५ जुन राति १२ः३० बजे हुनेछ । 

यता जुन १२ बाट शुरु हुने युरोकप अन्तर्गत समूह ए मा रहेको इटालिले पहिलो दिन टर्कीसाग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।
समूह ए मा इटालिसँगै टर्की,स्विट्जरल्याण्ड र वेल्स् रहेका छन् ।