जेठ १५, २०७८ शनिबार

एजेन्सी ।  सन् २०२२ मा कतारमा आयोजना हुने फिफ विश्वकप छनोट अन्तर्गत आफ्नो ६औं खेलमा एसियाको पावर हाउस जापानले घरेलु मैदानमा पाहुना टोली म्यानमारमाथि १०-० गोलको फराकिजो जित निकालेको छ । शुक्रबार भएको खेलमा जापानले १०-० गोलको शानदार जित निकालेको हो । घरेलु टोली जापानको जितमा युया ओसाको एक्लैले ५ गोल गरे भने टाकुमी मिनामिनो, हिडेमासा मोरीटा, दाइची कामदा र को इटाकुराले समान १/१ गोल गरे ।   

पहिलो हाफमा ४-० गोलको अग्रता बनाएको जापानले दोस्रो हाफमा थप ६ गोल गर्न सफल भयो ।  उक्त फराकिलो जित सँगै जापानले लगातार ६ खेलमा ६ नै जित निकाल्दै शीर्ष स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानको ताजकिस्तानको समान ६ खेलबाट १० अंक रहेको छ । यता जापान अघिल्लो चरणमा प्रवेश गरेको छ । साथै जापान एसिया कपको लागि पनि छनोट समेत भएको छ । उसले समूह चरणमा अझै २ खेल खेन्न बाँकी छ । जसमा ताजकिस्तसँग ७ जुनमा र किर्गिज रिपब्लीकसँग १५ जुनमा खेल्ने छ । उक्त सबै खेल जापानको मैदानमा हुने छ ।