एजेन्सी । युरोपको सबै भन्दा ठुलो क्लब फुटबल प्रतियोगिता युइएफए च्याम्पियन्स लिग अन्तर्गत यस सिजन २०२०/२१ को अन्तिम खेल अथात् फाइनल खेल आज राति हुदैछ । जसमा दुई ठुला प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी र लण्डन क्लब चेल्सीबीच रोमाञ्चक भिडन्त हुदैछ ।
नेपाली समयअनुसार आज राति १२ः४५ बजेबाट सुरु हुने खेल पोचुर्गलको राजधानी पोर्टाेमा हुनेछ । उक्त खेलमा यस सिजनको प्रिमियर लिग च्याम्यिन म्यान्चेस्टर सिटी क्लब इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको सिटी पहिलो फाइनलमै उपाधिको खोजिमा हुनेछ । त्यस्तै यता चेल्सी पनि सिटीलाई पराजित गदै उपाधि जित्ने लक्ष्यमा रहेको छ । हालसम्म चेल्सीले एक पटक च्याम्पियन्स लिगको उपाधि उचालेको छ । उसले सन् २०११/१२ को सिजनमा जर्मन क्लब बायर्न म्युनिखलाई हराउँदै उपाधि जितेको थियो । उक्त फाइनलमा चेल्सीले पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरको जित निकाल्दै पहिलो पटक बिजेता बनेको थियो ।
त्यस्तै यता पहिलो पटक च्याम्पियन्स लिगको उपाधिको खोजिमा रहेको सिटीका प्रशिक्षक ग्वार्डियोला भने आज चौथो उपाधिको खोजीमा हुनेछन् । उनले यस अघि स्पेनिस क्लब बार्सिलोनाबाट सन् २००८/०९ र २०१०/११ मा गरि २ दुई पटक प्रशिक्षकको रुपमा च्याम्पियन्स लिगको उपाधि जितिसकेका छन् । भने उनले बार्सिलोनाको जर्सीमा सन् १९९१/९२ मा पहिलो पटक खेलाडीको रुपमा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।