काठमाडौं । सरकारले कर्मचारीको तलब दुई हजार वृद्धि गरेको छ ।
आागामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पाैडेलले सबै तहका कर्मचारीको तलबमा दुई हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । काेराेना महामारीका कारण साेचे अनुसार तलब वृद्धि गर्न नसकेपनि प्राेत्साहन गर्ने उदेश्यले राष्ट्रसेवकका लागि मासिक तलब स्केलमा २ हजार वृद्धि गरिएकाे उनले बताए ।