काठमाडौं । सन २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा हुने एसियन कप छनोट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली यति इराक भ्रमणमा रहेका छन् ।
जसमा आज नेपाली राष्ट्रिय फुटबल टोलीले इराकको राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपाली समयअनुसार उक्त खेल आज राति १०:१५ बजेबाट
इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा हुनेछ । उक्त खेलको प्रत्यक्ष प्रसारण इराकको आइएमएन स्पोर्ट्सले गर्नेछ ।
तुलनात्मक रुपमा नेपाल भन्दा निकै बलियो रहेको इराकलाई उसैको मैदानमा हराउँदै खेल आफ्नो पक्षमा पार्ने योजनामा रहेको नेपाललाई सहज भने पक्कै हुनेछैन ।
त्यस्तै आजको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २ खेलाडीलाई डेब्यु गराएका छन् । डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका हुन । दुबै जना गत १ गते सम्पन्न खुकुरी नेपाल सुपर लिगबाट राष्ट्रिय टोलीको यात्रा तय गरेका हुन् ।
प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज आफ्नो पहिलो खेलमा ४-३-३ को रणनीतिमा उतार्ने तयारी गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ रहेर टोलीको कप्तानी गर्नेछन् ।
गौतम श्रेष्ठ पोखरा थन्डेसबाट एनएसएलमा सहभागी जनाएका थिए । भने मनिषले विराटनगर सिटी एफसीबाट एनएसएलमा सहभागी भएका थिए ।
नेपालीको सुरुवाती ११-
गोलरक्षक – किरण चेम्जोङ (कप्तान)
डिफेन्डर – अनन्त तामाङ, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल,
मिडफिल्डर – मनीष डाँगी, , सन्तोष तामाङ, पुजन उपरकोटी
फरवार्ड– अन्जन विष्ट, नवयुग श्रेष्ठ, सुमन लामा