जेठ १५, २०७८ आइतबार

काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन २०२३ मा हुने एसियन कप छनोट खेलको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली  इराकसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फराकिलो हार व्यहोर्नुपरेको छ । 

शनिबार राति भएको खेलमा नेपाल घरेलु टोली इराकसँग ६-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा ४-२ गोलले अग्रता बनाएको इराकले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।  

इराकको घरेलु मैदान बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले २ गोल गरे । May be an image of 4 people and grass

कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले १/१ गोल थपे । यता नेपालका मनिष डाँगीले एक गोल फर्काउदा इराकका अहमेद इब्राहिम खलाफले एक आत्मघाती गोल गरे ।

May be an image of 3 people and text