इराकसँगको मैत्रीपुर्ण खेलमा ६-२ गोल अन्तरले हार ब्यहोरपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली समर्थकसँग माफी मागेका छन्।
खेल सकिएको केहि समयपछि नै फेसबुकमा एक स्टाटस राख्दै उनले यो नतिजाको जिम्मेदारी आफुले लिने र खेलाडीलाई दोश नदिने आग्रह गरेका छन्।
विश्वकप खेलिसकेको र अष्ट्रेलिया, दक्षिण कोरीयालाई कुनै समय हराइसकेको इराकविरुद्ध नेपालले संघर्षपुर्ण खेल खेलेको थियो । दुई दशकपछि इराकसँग खेल्दा युवा खेलाडीको टिम नेपालले दुई गोल फर्काउन भने सफल भयो । नेपालका लागि डेब्यु गरेका मनिष डाँगीले डेब्यु खेलमा नै गोल गरेका थिए ।
नेपाली टोली अब कुबेतमा गई विश्वकप र एसियन क्वालिफायरका बाकी ३ खेल खेल्नेछ ।
प्रशिक्षक अब्दुल्लाहको यसअघि पनि यो पटकको भ्रमण नेपाली टिमका लागि जित भन्दापनि राम्रो अनुभवका लागि रहेको बताएका थिए । फिफा बरियतामा पनि नेपाल भन्दा एक सय तीन स्थान माथि रहेको इराकसँग नेपाली खेलाडीको प्रदर्शन सन्तोषजनक नै रहेको थियो ।