एजेन्सी । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन लिगको उपाधि चेल्सीले जितेको छ ।
आइतबार बिहान सम्पन्न खेलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले हराउँदै चेल्सीले नौ बर्षपछि युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । फ्रेन्च क्लब पेरिस सेन्टर जर्मन पिएसजीबाट आएका प्रशिक्षक टोमस टुसेलको टिम चेल्सीलाई पहिलो सिजनमै च्याम्पियन बनाएका हन् ।
चेल्सीको जितमा काई हाभेर्टजको एकमात्र गोल निर्णायक बन्यो । चेल्सीको यो दोस्रो च्याम्पियन्स लिगको उपाधि हो ।
पोर्चुगिज क्लव पोर्टोको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि काई हाभेर्टजले गोल गर्न सफल भए । खेलमा बल पोसेसनमा सिटी पकड जमाए पनि गोल गर्न सकेन ।
खेलको ४२ औं मिनेटमा चेल्सीले अग्रता बनायो । उसका लागि मासोन माउन्टको पासमा काई हाभेर्टजले गोल गर्न सफल भए । सिटीका डिफेन्डर र गोलकिपरलाई विट गर्दै हाभेर्टजले गोल गर्न सफल भए ।
उनको च्याम्पियन्स लिगमा यो पहिलो गोल हो । अघिल्लो सिजनमा करिव ७३ मिलियन पाउण्डमा चेल्सीमा आएका हाभेर्टजले मुख्य खेलमा आफुलाई देखाएका छन ।
उक्ति जित सँगै चेल्सीले सन् २०१२ पछि पहिलोपटक उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । यता पराजित म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो अवसरमा उपाधिबाट विमुख हुनु पर्यो । सिटीले अपेक्षित प्रदर्शन गर्न नसक्दा चेल्सीले पहिलो हाफमा गरेको गोलकै भरमा उपाधि जित्न सफल भयो ।