फागुन १४, २०७७ शुक्रबार

काठमाडौं। 

‘द हन्ड्रेड’ आगामी जुलाई देखि अगस्ट सम्म इंग्ल्याण्डको विभिन्न सहरहरुमा आयोजना हुदै छ। नेपाली लेगस्पिनर सन्दीप लामिछाने पनि सो प्रतियोगितामा आबद्ध रहेकाले यस प्रतियोगितालाई महत्वका साथ लिने नेपालीहरु धेरै रहेका छन्। लामिछाने पहिलो संस्करणको ‘द हन्ड्रेड’प्रतियोगितामा ओभल इन्भिसिबल्सले आफ्नो टिममा अनुबन्ध गरेको छ। 

टिममा उनको अलावा जेसन रोय,सुनिल नारायन,साम करन,साम विलिसं,टम करन,कोलिन ईन्ग्राम लगायतका खेलाडी रहेका छन्।

 अघिल्लो वर्षको जुलाईमा हुने भनिए पनि कोरोना महामारीका कारण सो प्रतियोगिता स्थगित भएकोमा यस सिजनका लागि ओभलले सन्दीपसहित १२ खेलाडीलाई यसअघि नै ‘रिटेन’ गरिसकेको थियो। 

उसले मंगलबार भएको ड्राफ्टबाट शकिब मशुम्मद, कोलिन इन्ग्राम, ब्रान्डन ग्लोभर र जोर्डन क्लार्कलाई टिममा समावेश गरेको हो।

प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भइसकेको छ। इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले मंगलबार नै प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको थियो।

 

प्रतियोगिता जुलाई २१ बाट सुरु हुनेछ। पहिलो दिन महिलाको खेल हुने क्रिकेट बोर्डले जनाएको छ।जुलाई २२ बाट भने पुरुषको खेलहरु सुरु हुनेछन्। पहिलो खेलमा ओभल इन्भेन्सीबल्स र म्यानचेस्टर ओरिजिनल्सबीच खेल हुनेछ।

एक सय बलको हुने प्रतियोगिता २०२० मा हुने तालिका रहेको थियो। तर, कोरोनाको कारण प्रतियोगिता एक वर्ष स्थगित भएको थियो।

सन्दीपलाई ड्राफ्टबाट इन्भेन्सीबल्सले १ लाख पाउण्ड (करिब १ करोड ४७ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको थियो ।

प्रतियोगितामा ८ टिम रहने छन्। जसमा बर्मिङघम फोनिक्स, लन्डन स्पिरिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दन सुपरचार्जर्स, ओभल इन्भिसिबल्स, साउदन ब्रेभ, ट्रेन्ट रकेन्स र वेल्स फायर रहेका छन्।प्रतियोगिताको फाइनल लर्ड्समा अगस्ट २१ मा हुनेछ।