काठमाण्डौ। नेपाली पुरुष राष्ट्रिय भलिबल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लबका महत्वपुर्ण सदस्य हरि बहादुर अधिकारी बढुवा भएका छन्। मिडल ब्लकरका रुपमा टिममा रहेका हरि नेपाल आर्मीको हवल्दार पदमा बढुवा भएका हुन् ।
२०६८ मा नेपाल आर्मीमा गरेका हरि ओखलढुगांका स्थायी बासी हुन् । त्यसअघि उनी अमल्दारमा पदमा रहेका थिए । आर्मीमा भर्ना भएलगत्तै उनी आर्मीको पुरुष भलिबल टोलीसँगै नेपाली राष्ट्रिय भलिबल टोलीमा पर्न सफल भएका थिए ।
उनी गत चैत अन्तिममा सम्पन्न पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको लिग चरणको अन्तिम खेलका दौरानमा उनी घाइते भएकामा अहिले उनी चोटमुक्त भईसकेका छन् ।