जेठ १७, २०७८ सोमबार

फिफा विश्वकप छनोटको दोस्रो तथा अन्तिम चरणका खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम कुवेत पुगेको छ । नेपाली टिम इराकसँगको मैत्रीपुर्ण खेलपछि सडक बाटो हुँदै कुवेत पुगेको हो ।

नेपाली टिम गएराति इराकबाट कुवेत पुगेको हो । कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ । जसमा पहिलो खेल जुन तीन चाइनीज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।सबै खेल नेपाली समयानुसार बेलुका ९:४५ मा सुरु हुनेछ ।