जेठ १७, २०७८ सोमबार

पोल्याण्डका अल्फ्रेडो लियोनले भलिबलमा दुई नयाँ कीर्तिमान बनाएका छन् ।

 उनले सर्वियाविरुद्धको खेलमा तिव्रगतिमा सर्भिस गर्ने खेलाडी बनेका छन । उनले  १३५. ६ किलोमिटर प्रतिघण्टाको गतिमा सर्भिस गरेका थिए ।

उनले पोल्याण्ड र सर्वियाबिचको सोहि खेलमा सर्भिस मार्फत १३ अंक ल्याउँदै दोस्रो नयाँ विश्व किर्तिमान पनि बनाएका हुन् ।

भलिबलमा लगातार धेरै सर्भिसमा अंक ल्याउने किर्तिमान जापानीज खेलाडी युजी निसिदा र अष्ट्रेलियाका सामुइल वाल्केरको नाममा थियो । उनीहरुले एक खेलमा सात सर्भिसमा अंक ल्याएका थिए ।

जापनीज खेलाडी युजीले बुल्गेरीया र अष्ट्रेलियन सामुयलले ब्राजिलविरुद्ध सन् २०१९ मा सो रकेर्ड बनाएका थिए ।

भिएनएल सर्वियाविरुद्धको खेलको पहिलो सेट नौ नौ को अवस्थामा रहेका बेला अल्फ्रेडोका सर्भिसको पालो आएको थियो । उनले लगातार १३ सर्भिस एस गर्दै टिमको जितको बाटो निकै सहज बनाएका थिए ।

सो खेलमा पोल्याण्डले सर्वियालाई २६–२१, २५–१९, २१–२५ र २५–१५ को सेटमा हराएको थियो ।