जेठ १७, २०७८ सोमबार

 

नेपाली खेलाडि विदेशिनु कुनै नौलो विषय होईन। खेलेर मात्र भोको पेट नभरिदो रहेछ त्यसका लागि खानै पर्ने रहेछ भन्ने बाध्यताले खेलाडी बिदेशीने गरेका छन्। परिवार पाल्नु पर्ने भुमिका समेत बोकेका प्राय: खेलाडी स्वदेशमा केहि विकल्प नदेखेपछि विदेशी भुमीमा जान बाध्य हुन्छन्। 

नेपालमा विकल्प विहिन बनिविदेशिने खेलाडीका लहरमा रहेका खेलाडीमा पर्छन्  नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व सदस्य अमृत भट्टराई हाल अस्ट्रेलियामा रहेका भट्टराई भैरहवा वस्ने भट्टराईको जन्म भने भारतको सिलोङमा वि सं २०४४ साल पुस १२ मा भएको थियो। 

उनीमा सानै देखि क्रिकेटमा अत्याधिक रुचि थियो त्यसलाई अझ शसक्त पार्ने काममा परिवारको भुमिका पनि उतिकै रह्यो। सन् २००५ मा अन्डर १५ नेपाली राष्ट्रिय टिमबाट नै उनको क्रिकेट यात्राले औपचारिक मोड लियो।
 अन्डर १९ एसिया कपमा २००६ , २००७ मा नेपाली टोलीको प्रतिनिधित्व गरेका उनले हङ्कङसॅंगको ३ दिवसिय प्रतियोगिता खेल्दै २००७ मा नै नेपाली राष्ट्रिय टोलीमा पाईला हालेका भट्टराई सुरुमा केहि शारिरीक समस्याका कारण टिम बाहिर थिए तर अहिले टिममा पर्न नै बढि प्रतिस्पर्धा रहेकाले कति त भन्छन् टोलीमा अब उनको स्थान नै सकिई सक्यो तर भट्टराई भने यो कुरा स्विकार नगर्दै भन्छन् "म यता रहदा पनि निरन्तर क्रिकेट खेलिरहेको छु र नेपाली राष्ट्रिय टिममा हेर्नु भयो भने देब्रे हाते मध्यम गतिका बलर नभएको समयमा म त त्यहा मेरो स्थान रहनेमा ढुक्क जस्तै छु एउटा कुरा चै हो कि नेपाली टिममा पर्न अहिले धेरै नै प्रतिस्पर्धा चै छ त्यो अनुसारको मेहेनत गर्न म तम्तयार छु “

२०१५ को नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ पछि नेपाली टोलीसॅंगको यात्रामा अल्पबिराम लगाएका भट्टराई त्यस पछिका हरफहरुमा खाली छन्। 

नेपाली राष्ट्रिय टिमबाट खेल्ने बाटो नेपाली लिग रहेको बुझेर उनी गत सालको पोखरा प्रिमियर लिग खेल्न त आए तर बेजोडको बलिङ भने देखाउन नसकेको उनी आफै स्विकार गर्छन। “धेरै बर्ष पछि नेपाली भुमिमा खेलेको भएर पनि हुन सक्छ राम्रो प्रर्दशन हुन  सकेन यसरि नै निरन्तर खेलिरहन पाए म सफल भएरै छाड्छु।”

नेपाली घरेलु प्रतियोगितामा पटक पटक नेपाल एपिएफ क्लवको प्रतिनिधित्व गरेका भट्टराईको हेराईमा नेपाली क्रिकेटमा धरै काम हुन बाकिरहेको छ। नेपालमा जुन किसिमको क्रिकेट क्रेज आम नागरिकमा छ। त्यसलाई सदुपयोग गर्न क्यान असक्षम रहेको उनको धारणा छ। नेपाली क्रिकेटलाई नजिकबाट नियाली रहेका भट्टराई नेपाल मार्गसॅंगको कुराकानीका क्रममा भन्छन् “ केही समय अघि नया क्यान आएको छ। नया र खेल मैत्री कार्ययोजना बनाउने छ भन्ने अपेक्षा सबैमा रहेजस्तै ममा पनि छ”

“नेपालमा क्रिकेट खेलेर मात्र समयानुकुल रुपमा सामान्य जीवनशैलीमा बाच्न सक्ने स्थिति नबनिसकेका कारण खेलाडीहरु बिदेशिन बाध्य रहेको छ।नियमित टिममा पर्ने खेलाडी समेत आर्थिक रुपले कठिनाईमा पर्ने गरेमा टिम बाहिर रहेर क्रिकेटकै आधारमा कसरी बाच्न सकिएला” भट्टराईले भावुक हुदै भने। 

क्रिकेट नै जीवनको पाटो बनाई सकेका भट्टराईका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुन:आगमन गरी सेतो पोसाकमा टेस्ट खेल्ने सपना छ तर “अहिलेकै अवस्थामा यो कुरा केबल सपना मात्र नहोला भन्न सकिन्न।”भट्टराई भन्छन्