एजेन्सी । इटालियन क्लब युभेन्टसका पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो यस सिजन २०२०/२१ को उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।
युभेन्टसका स्टार रोनाल्डोले यस सिजन सिरी ए फुटबला कूल ३३ खेलबाट २९ गोल थिए । ३६ वर्षीय रोनाल्डोले यसअघि सिरी ‘ए’को गोल्डेन बुट जित्दै कीर्तिमान बनाएका थिए । उनी युरोपका शीर्ष तीन लिगबाट गोल्डेन बुट अवार्ड जित्ने पहिलो खेलाडी बनेका हुन् । यसअघि रोनाल्डोले प्रिमियर लिग र ला लिगामा गोल्डेन बुट जितिसकेका छन् ।
यस सिजन युभेन्टसले सिरी ‘ए’को उपाधि जित्न नसके पनि रोनाल्डोको भने व्यक्तिगत प्रदर्शन निकै सानदार रह्यो । यस सिजनको सिरी ‘ए’ फुटबलमा युभेन्टसले कूल ७७ गोल गर्दा रोनाल्डो एक्लै २९ गोल गरेका थिए ।
यधपी यस सिजन युभेन्टसलाई युईएफए च्याम्पियन्स लिगमा छनोट हुन पनि निकै संघर्षरत गरेको थियो । अन्तिम खेलमा नापोली भेरोना सँग १-१ गोलको बराबरीमा रोकिनु र युभेन्टसले अन्तिम खेलमा सानदार जित निकाल्नु भाग्य सावित भएको थियो । सिरी ‘ए’ को उपाधि भने इन्टर मिलानले जितेको थियो ।