जेठ १७, २०७८ सोमबार

एजेन्सी । दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका पुन ब्राजिलमा हुने भएको छ । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जानकारी दिएको छ ।

यसअघि कोपा अमेरिका अर्जेन्टिना र कोलम्बियामा संयुक्त आयोजना हुने तय थियो । तर कोलम्बियाले राजनैतिक अस्थिरताका कारण नगर्ने जनाएपछि अर्जेन्टिनामा हुने तय भएको थियो । त्यस्तै अर्जेन्टिनाले पनि आजै मात्र कन्मेबोलले कोरोना भाइरसको महामारीको कारण कोपा अमेरिका आयोजना नहुने जनाएको थियो । Brazil beats Peru to win 1st Copa América title since 2007 | Sports | China  Daily

त्यसपछि कन्मेबोलले अन्य राष्ट्रहरूसँग छलफल गरी ब्राजिलमा हुने टुङ्गो लगाएको हो । अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो । सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण १ वर्ष पछि धकेलिएको हो । उक्त प्रतियोगिता जुन १३ देखि जुलाई १० सम्म हुने छ ।