जेठ १८, २०७८ मंगलबार

आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा आगामी बर्ष नै हुने एसिया कप फुटबलको छनोट खेलको दोस्रो चरणका लागि नेपाली टिम कुबेत पुगि सकेको छ। 

कुबेतमा नेपालले चाईनिज ताईपेई,अस्ट्रेलिया तथा जोर्डनको सामना गर्ने छ। कोरोनाका कारण नेपालमा हुने यि तिनै खेल कुबेतमा सारिएको थियो। 

यि तिनै खेलको समय निर्धारण गरिएको छ जस अनुसार नेपालले जेठ २० गते पहिलो खेल चाइनीज ताईपेईविरुद्ध खेल्नेछ । त्यसपछि जेठ २४ गते जोर्डन र  जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।तिनै खेल नेपाली समयानुसार बेलुका ९:४५ मा हुने छ। 


 

बाकी तस्बिर तलको लिकं खोलेर हेर्न सकिन्छ;

https://www.facebook.com/102933938062258/posts/314071906948459/?d=n

तस्बिर साभार एन्फा फेसबुक