एजेन्सी । जर्मन बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले यस सिजनको युरोपियन गोल्डेन बुट जितेका छन् । यस सिजन कुल २९ खेलमा ४१ गोल गरेका लेवान्डोस्कीले बार्सिलोनाका कप्तान लियोनल मेस्सी र युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पछि युरोपियन गोल्डेन बुट जितेका हुन् ।
लेवान्डोस्कीले ८२ अङ्क प्राप्त गरे भने मेस्सीले ६० तथा रोनाल्डोले ५८ अङ्क पाए । युरोपका शीर्ष ५ डिभिजनमा एक गोलको २ अङ्क भार हुने गर्दछ । अन्य लिगको १।५ अङ्क भार राखिएको छ ।
लेवान्डोस्कीले यस सिजन बुन्डेसलिगामा २९ खेल खेल्दा ४१ गोल गरेका थिए भने च्याम्पियन्स लिगमा ६ खेल खेल्दा ५ गोल गरेका छन् । त्यस्तै अघिल्लो सिजन इटालियन क्लब लाजियोको सिरो इमोविलेले यो अवार्ड जितेका थिए ।