फागुन १४, २०७७ शुक्रबार


काठमाण्डौ
अखिल नेपाल फुटबल संघ एन्फाले बागमती प्रदेश फुटबल संघको तदर्थ समित गठन गरेको छ ।एन्फाको बिहिबार सातदोबाटोस्थित मुख्यालयमा बसेको कार्यकारी समितिको बैठकले बागमति प्रदेश फुटबल संघको तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

एन्फाले गठन गरेको तदर्थ समितिको अध्यक्षको जिम्मेवारी मकवानपुरका राजेन्द्र श्रेष्ठलाई दिएको छ ।यस्तै नुवाकोटका दिपक चित्रकार वरिष्ठ उपाध्यक्ष,काभ्रेका निरज श्रेष्ठ,ललितपुरका हिदेब ब्यञ्जनकार,सिन्धुपाल्चोकका अमृतमान श्रेष्ठ र धादिङ्गका मनराज गोदारलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।