जेठ १८, २०७८ मंगलबार

आगामी बर्ष कतारमा आयोजना हुने फिफा विश्वकप तथा आगामी बर्ष नै हुने एसिया कप फुटबलको छनोट खेलको दोस्रो चरणका लागि नेपाली टिमले कुबेतमा खेल्ने तिन खेलको प्रत्यक्ष प्रशारण नेपाली टेलिभिजन मार्फत हुने भएको छ ।

खेलको प्रत्यक्ष प्रशारण नेपाली टेलिभिजन कान्तिपुर एच डिले गर्ने भएको छ। 

 नेपालले जेठ २० गते पहिलो खेल चाइनीज ताईपेईविरुद्ध खेल्नेछ । त्यसपछि जेठ २४ गते जोर्डन र  जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।तिनै खेल नेपाली समयानुसार बेलुका ९:४५ मा हुने छ।

कुबेतमा नेपालले चाईनिज ताईपेई,अस्ट्रेलिया तथा जोर्डनको सामना गर्ने छ। कोरोनाका कारण नेपालमा हुने यि तिनै खेल कुबेतमा सारिएको थियो।